News Griha :: न्यूजगृह
कोशी प्रदेश नामकरण विवाद: ५ चैतको घटना छानबिन गर्न समिति बनाइने

काठमाडौंकोशी प्रदेश नामकरण विवादपछि ५ चैतमा भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा शनिबार बिहान बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

५ चैतमा भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। प्रदेश सभाले १७ फागुनमा तत्कालीन प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो। उक्त निर्णयको विरोधमा ५ चैतमा विराटनगरमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो। 

प्रहरीको लाठी लागेर घाइते भएका प्रर्दशनकारी पदमबहादुर लिम्बुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो।
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १०:५६
Weather Update