
पोर्चुगल— पोर्चुगलले यूरोकप–२०२४ को छनोट खेलमा लगातार चौथो जित दर्ता गरेको छ ।
आइसल्यान्डमा मंगलबार राति भएको खेलमा रोनाल्डोले कीर्तिमानी २००औं खेलमा कीर्तिमानी १२३औं गोल गरेपछि पोर्चुगलले १० खेलाडीमा समेटिएको घरेलु टोली आइसल्यान्डमाथि १–० को संघर्षपूर्ण जित दर्ता गरेको हो ।
बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर रोनाल्डोले गोल गर्दे पोर्चुगललाई ३ अंक दिलाए । खेलको ८९औं मिनेटमा रोनाल्डोले गोन्कालो इनासियोको हेडर पासमा उनले वान टचमा सहज फिनिस गरेका थिए ।
यससँगै रोनाल्डो २०० अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो पुरुष खेलाडी बनेका छन् । यो रोनाल्डोको कीर्तिमानी १२३औं अन्तर्राष्ट्रिय गोल हो । उनी राष्ट्रिय टोलीबाट पुरुषतर्फ सर्वाधिक गोल गर्ने सूचीमा पनि शीर्षस्थानमा छ ।
जितले समूह ‘जे’ मा शीर्षस्थानमा रहेको पोर्चुगलको ४ खेलबाट १२ अंक पुगेको छ । पराजित आइसल्यान्ड ३ अंक जोडेर पाँचौं स्थानमा छ ।