News Griha :: न्यूजगृह
काभा पुरुष भलिबल : नेपाल इरानसँग पराजित

काठमाडौं— कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । 

इरानले नेपाललाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ तथा तेस्रो सेट २५–२२ ले पराजित गर्‍यो । जारी प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल मंगोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक कीर्गिस्तानसँग पराजित भएको थियो । अब नेपालले आफनो चौथो खेलमा बिहीबार तुर्किमिनिस्तानसँग खेल्नेछ । रासस

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २१:११
Weather Update