
काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।
चार विकेट गुमाएको नेपालले ४२ बल बाँकी हुँदै अमेरिकालाई पराजित गरेको हो ।
नेपाललाई अमेरिकाले जितका लागि २०८ रनको रनको लक्ष्य दिएको थियो । अमेरिकाले दिएको लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा २११ रन बनायो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७७ रनको योगदान दिए । उनले ११४ बलमा ७७ रन बनाएका हुन् । उनी नटआउट रहे । यस्तै, दिपेन्द्रसिंह ऐरीले पनि नटआउट ३९ रनको योगदान दिए ।
यस्तै, कुशल भुर्तेलले ३९, कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३ र आशिफ शेखले १२ रन जोडे ।
नेपालले १५ अतिरिक्त रन पाएको थियो ।
अमेरिका विरुद्ध ४ विकेट लिएका करण केसी ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा मंगलबार भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रनको योगफल बनायो ।
अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय पारी खेले । उनले ७९ बलमा १० चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन बनाए । यस्तै सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै गजानन्द सिंहले २६ रन बनाए । उनले ४१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । जसदिप सिंहले २५ बलमा १२ रन बनाए ।
बलिङतर्फ नेपालका लागि करण केसीले चार, गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ ।