सुदूरपश्चिमका कानुनमन्त्री सिंहको मृत्युप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीलगायतको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पुथ्वीबहादुर सिंह, उनकी श्रीमती अमृतादेवी र भाउजु जयादेवी सिंहको सवारी दुर्घटनामा निधन भएकामा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् । मंगलबार दिउँसो बझाङको कदारस्यु गाउँपालिका–१ झारछडस्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० १९:४१