News Griha :: न्यूजगृह
बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहको पनि मृत्यु

काठमाडौं— बझाङमा मंगलबार जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंह सहित तीन जनाको मृत्यु भएको छ । 

मन्त्री सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी सिंहको बझाङमै यसअघि नै मृत्यु भएको थियो । 

मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा साँझ ५:३३ मा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले जानकारी दिए । 

दुर्घटनामा घाइते मन्त्री सिंह, उनका अंगरक्षक प्रहरी सहायक हवल्दार दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । प्रहरी सहायक हवल्दार भण्डारी र चालक धर्मराज जोशीको उपचार भइरहेको छ । 

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको मन्त्री सिंह सवार सुपप्र ००१ झ ४८० नम्बरको जीप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:१४
Weather Update