News Griha :: न्यूजगृह
नेपालसामु अमेरिकाद्वारा २०८ रन रनको लक्ष्य

काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा नेपाललाई अमेरिकाले जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ । 

जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा मंगलबार भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रनको योगफल बनायो । अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय पारी खेले । उनले ७९ बलमा १० चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन बनाए । यस्तै सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । 

त्यस्तै गजानन्द सिंहले २६ रन बनाए ।  उनले  ४१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । जसदिप सिंहले २५ बलमा १२ रन बनाए । 

बलिङतर्फ नेपालका लागि करण केसीले चार,  गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १७:२०
Weather Update