News Griha :: न्यूजगृह
काभा पुरुष भलिबल : नेपाल र इरानबीचकाे खेल दिउँसाे ३:४५ बजे

काठमाडौं— कीर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले मंगलबार इरानसँग प्रतिस्पर्धा गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले इरानको सामना गर्न लागेको हो ।

नेपाल र इरानबीचको खेल ३ः४५ बजे सुरु हुनेछ । नेपालले यसअघिका दुई खेलमा हार व्यहोरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०९:१९
Weather Update