News Griha :: न्यूजगृह
पोखरामा विश्व संगीत दिवस मनाइँदै

पोखरा— पोखरामा असार ६ गते विश्व संगीत दिवस–२०८० मनाइने भएको छ । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा १८ संस्थाले विश्व संगीतवस मनाउन लागेका हुन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त संस्थाका अध्यक्ष नवराज बरालले पाँच वर्षदेखि रोकिएको विश्व संगीत दिवसलाई निरन्तरता दिन सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजना हुने सो सांगीतिक कार्यक्रमले पोखराको सांगीतिक गतिविधि बढ्ने विश्वास आयोजक संस्थाले गरेको छ ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति गर्ने जानकारी सो अवसरमा दिइएको थियो । सोह्र विभिन्न प्रस्तुति रहने उक्त सांगीतिक कार्यक्रमा दर्शकले निःशुल्क प्रवेश पाउने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०८:४४
Weather Update