News Griha :: न्यूजगृह
यूरोकप– २०२४ को छनोटमा इंग्ल्यान्डको सानदार जित, साकाको ह्याट्रिक

इंग्ल्यान्ड— यूरोकप छनोट–२०२४ मा इंग्ल्यान्डले सानदार जित दर्ता गरेको छ । इंग्ल्यान्डले घरेलु मैदानमा नर्थ म्यासेडोनियामाथि ७–० को सानदार जित दर्ता गरेको हो ।

ओल्ड ट्राफोर्ड म्यानचेस्टरमा सोमबार राति भएको खेलमा कप्तान ह्यारी केनले दुई तथा मार्कस रासफर्ड र केल्भिन फिलिप्सले समान एक गोल गरे ।

इंग्ल्यान्डले खेलको २९औं मिनेटमा साकाको गोलबाट अग्रता बनाएको थियो । ३८औं मिनेटमा बुकायो साकाले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको समयमा मार्कस रासफर्डले जोर्डन हेन्डरसनको पासमा गोल गरेपछि इंग्ल्यान्डले पहिलो हाफकै ३–० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा इंग्ल्यान्डले थप चार गोल थप्यो । ४७औं मिनेटका साकाले गोल गर्दै इंग्ल्यान्डलाई ४–० ले अघि बढाए । ५१औं मिनेटमा साकाले ह्याट्रिक पूरा गरेपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ अग्रसर बन्यो ।

६४औं मिनेटमा केल्भिन फिलिप्सले गोल गरेपछि इंग्ल्यान्ड खेलमा ६–० ले अघि बढ्यो । त्यसपछि ७३औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई ७–० को सानदार जित दिलाए ।

यूरो छनोटमा इंग्ल्यान्डको यो लगातार चौथो जित हो । जितसँगै समूह ‘सी’ मा शीर्षस्थानमा रहेको इंग्ल्यान्डको १२ अंक पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०७:१६
Weather Update