यूरोकप–२०२४ को छनोटमा फ्रान्सको लगातार चौथो जित

फ्रान्स— फ्रान्सले यूरोकप– २०२४ को छनोटमा लगातार चौथो जित दर्ता गरेको छ ।
फ्रान्सले ग्रीसलाई १–० ले पराजित गर्दै यूरो छनोटमा लगातार चौथो जित दर्ता गरेको हो ।
स्टेड डि फ्रान्स पेरिसमा सोमबार राति भएको खेलमा दोस्रो हाफमा एमबाप्पेले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ५५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
कोन्सटानटिनोस माभरोपानोसले पेनाल्टी बक्समा एन्टोइन ग्रिजमनलाई फउल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै फ्रान्सलाई पेनाल्टी प्रदान गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० ०७:०४