क्रिकेट
विश्वकप छनोट : आज नेपाल र अमेरिकाबीच खेल हुँदै

काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपालले समूह चरणको दोस्रो खेल खेल्दैछ । जिम्बावेमा जारी समूह चरणको दोस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
अमेरिकासँगको खेल ताकाशिंगा स्पोर्ट्स क्लबमा मंगलबार दिउँसो १२:४५ बजे सुरु हुँदैछ । नेपाल र अमेरिकाबीच यसअघि ६ वटा एकदिवसीय प्रतिस्पर्धा भएका छन् । जसमा जसमा नेपालले तीन जित, दुई हार र एक बराबरी गरेको छ ।
नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको तेस्रो खेल असार ७ गते वेस्टइन्डिज र अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्दैछ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० ०६:२६