News Griha :: न्यूजगृह
नेपाल माल्दिभ्सलाई हराउँदै फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं— माल्दिभ्समा जारी फाइभनेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले विजयी हासिल गरेको छ।

माल्दिभ्सको मालेमा आइतबार राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अंकले पराजित गर्दै विजयी हासिल गरेको हो।

पहिलो खेलमा भुटानसँग पराजित भएको नेपालले त्यसपछि लगातार पाकिस्तान र बंगलादेशलाई हराएरअहिले तेस्रो जित हासिल गरेको हो।

जितसँगै ४ खेलमा ७ अंक जोड्दै नेपाल शीर्ष स्थानमा, समान अंकका साथ पाकिस्तान दोस्रो स्थानमा, समान ६ अंकका साथ बंगलादेश तेस्रो र भुटान चौथो स्थानमा छन् ।

शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । प्रतियोगितामा नेपाल सहित दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १०:४६
Weather Update