News Griha :: न्यूजगृह
कर्णाली जीप दुर्घटना अपडेट : घाइते चालकको मृत्यु 

काठमाडौं— कर्णाली नदीमा सोमबार बिहान जीप खस्दा चालकको मृत्यु भएको छ । 

जीप चालक २५ वर्षीय राजेश लामाको जिल्ला अस्पताल हुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । चालक लामा जनकपुरका हुन् । 

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीम भट्टराईले न्यूजगृहलाई जानकारी दिए ।

जीपमा चालकसहित १३ जना सवार थिए । डीएसपी भट्टराईका अनुसार अन्यको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १०:२२
Weather Update