कर्णाली नदीमा जीप खस्यो, चालक घाइते

काठमाडौं— कर्णाली नदीमा सोमबार बिहान जीप खसेको छ ।
हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरकाे जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीम भट्टराईले न्यूजगृहलाई जानकारी दिए ।
जीपमा चालकसहित १३ जना सवार थिए । डीएसपी भट्टराईका अनुसार जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन् । अन्यकाे अवस्था सामान्य रहेकाे छ ।
चालक लामाकाे जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० ०९:०७