विश्वकप छनोट क्रिकेट : आज कति बजे कुन–कुन देशबीच खेल हुँदैछ ?

काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप छनोट—२०२३ को दोस्रो दिन सोमबार दुई खेल हुँदै छन् ।
समूह बी को पहिलो खेलमा श्रीलंका र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल दिउँसो १२:४५ मा क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा सुरु हुनेछ ।
त्यस्तै अर्को खेलमा आयरल्यान्डले ओमानसँग खेल्नेछ । खेल सोही समयमा हुनेछ । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, यूएई र स्कटल्यान्ड छन् । समूह ए मा नेपाल, जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स छन् ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १०:०१