News Griha :: न्यूजगृह
स्पेन नेसन्स लिग च्याम्पियन, गोलरक्षक बने नायक

 रोटोडर्म— स्पेन यूईएफए नेसन्स लिगको च्याम्पियन बनेको छ ।

आइतबार राति भएको खेलमा क्रोएशियालाई सडनडेथमा ५–४ ले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो । स्पेनको जितमा गोलरक्षक युनाई सिमोन नायक बने ।

निर्धारित र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा स्पेनका जोसेलु, रोड्री, मिकेल मेरिनो र मार्को एसेन्सियोले गोल गर्दा एमेरिक लापोर्टालेको प्रहार क्रसबारमा लाग्दै बाहिरियो ।

क्रोएशियाका निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच र इभान पेरिसिचले गोल गर्न सफल हुँदा लोभ्रो माजेरको प्रहारलाई गोलरक्षक युनाई सिमोनले बचाए ।

त्यसपछि सडन डेथमा क्रोएसियाका ब्रुनो पेटकोभिचको प्रहार स्पेनका गोलरक्षक युनाई सिमोनले बचाउँदा स्पेनका ड्यानिल कार्भाजलले गोल गदै टोलीलाई च्याम्पियन बनाए । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०८:१८
Weather Update