![अन्ततः बालेनसँग ‘आदिपुरुष’ निर्माण कम्पनीले माग्यो माफी [पत्रसहित]](https://newsgriha.com/uploads/posts/aadipurus1687139648.jpg)
काठमाडौं— ‘आदिपुरुष’ निर्माण कम्पनी सुपर क्यासेट्सले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पत्र लेख्दै माफी मागेको छ । मेयर साह र चलचित्र विकास बोर्डलाई आइतबार बेलुका इमेल पठाउँदै कम्पनीले फिल्ममा समावेश संवादले संवेदनामा पर्न गएको चोटप्रति माफी मागेको हो ।
कम्पनीकी राधिका दासद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘हामी नेपाली नागरिकको संवेदनामा परेको असरप्रति माफी माग्छौं । राघव पात्रको रूपमा अभिनेता प्रभासले भनेको डायगले सीता माताको जन्मथलोलाई इंगित नगरेर भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा भन्न खोजिएको हो ।’
उक्त संवादलाई कलात्मक शैलीबाट मात्र बुझ्न र बृहत् जनसमुदायमा इतिहासप्रति रुचि जगाउने क्रममा प्रस्तुत गरिएको उल्लेख छ । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादलाई भारतले सच्याउनुपर्ने अडानमा काठमाडौं महानगरका मेयर बालेन शाह छन् ।