News Griha :: न्यूजगृह
आईसीसी विश्वकप छनोटमा नेपाल जिम्बावेसँग खेल्दै 

काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आइतबारदेखि जिम्बावेमा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बावेको सामना गर्दैछ ।

नेपाली समयअनुसार खेल जिम्बावेको हरारे स्पोर्टस् क्लबमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । नेपाल र जिम्बावेले एक मात्र एक दिवसीय खेल खेलको छन् ।

२०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच प्रतिस्पर्धा भएको थियो ।

साे खेलमा नेपाल १६६ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ०६:०६
Weather Update