News Griha :: न्यूजगृह
फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै

काठमाडौं— माल्दिभ्स बास्केटबल संघको आयोजनामा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले शनिबार बंगलादेशसँग खेल्दै छ । 

माल्दिभ्समा शनिबार नेपाली समयअनुसार राति सवा ९ मा सुरु हुने खेलमा नेपाल बंगलादेशसँग खेल्न लागेको हो । 

तेस्रो खेल खेल्न लागेको गरेको नेपालले एक खेल गुमाएको छ भने एउटा खेल जितेको छ । समान खेल खेलेको बंगलादेशले यसअघिका दुईवटै खेल जितेको छ ।

पहिलो खेलमा भुटानसँग पराजित नेपालले दोस्रो खेलमा पाकिस्तानलाई हराएको हो भने बंगलादेशले माल्दिभ्स र भुटानलाई पराजित गरेको छ । 

नेपालले आफ्नो अन्तिम लिग खेलमा आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।

जुन २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्र सहभागी छन् । 

प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने छन् । दुई सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ ।

प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ११:४२
Weather Update