News Griha :: न्यूजगृह
क्रिकेट : हङकङ र नेपालको खेल रद्द, सकियो नेपालको यात्रा

काठमाडौं— नेपाल एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ ।प्रतियोगिताअन्तर्गत शनिबार विहान हुने भनिएको नेपाल र हङकङबीचको खेल वर्षाका रद्द भएसँगै नेपालको यात्रा सकिएको हो ।

खेल रद्द भएसँगै नेपाल र हङकङले १/१ अंक बाँडेका छन् । अंक बाँडेसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ ।

नेपाल र हङकङ बाहिरिएसँगै भारत ए र पाकिस्तान ए यस समूहबाट सेमिफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो । बिहीबार भारत ए सँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १०:२८
Weather Update