News Griha :: न्यूजगृह
पुरुष भलिबल नेसन्स लिगको तालिका सार्वजनिक

काठमाडौं— कीर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एशियन भलिबल ए  एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले मंगोलियासँग खेल्ने भएको छ ।

काभाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आइतबार पहिलो प्रतिद्वन्दी मंगोलियाको सामना गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा सोमबार कीर्गिस्तानसँग खेल्ने तालिका रहेको छ ।

नेपालले तेस्रो खेलमा मंगलबार इरान, चौंथो खेलमा बिहीबार तुर्कीनिस्तान र अन्तिम तथा पाँचौं खेलमा कीर्गिस्तानको ‘बी’ टोलीसँग खेल्ने छ ।

नेपाली टोली शनिबार कीर्गिस्तान पुगिसकेका छन् । काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०९:२०
Weather Update