
काठमाडौं— चलचित्र ‘स्वर’मार्फत् अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छिन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएप मार्फत् सार्वजनिक भएको छ ।
विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीले अभिनय गरेका छन् ।
अभिनय मार्फत् प्राप्त गरेको अनुभव र अध्ययनको आधारमा निर्देशनको सुरुआत गरेको अभिनेत्री हमालले जानकारी दिइन् ।
‘निर्देशनमा मात्र केन्द्रित हुनुपर्ने भएकाले अभिनय गरिन । यो मेरो सुरुआत हो’, उनले भने, ‘आगामी दिनमा कथावस्तु र टिम मिलेसम्म म निर्देशनलाई निरन्तरता दिन्छु । निर्देशन गरेपछि दुवै पक्षलाई अझै बुझ्न पाएँ ।’
यसमा अभिनेत्री हमालकै लेखन, शिवराम श्रेष्ठको छायांकन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ । १४ चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री हमाल अभिनित चलचित्र ‘छक्का पञ्जा ४’ अहिले प्रदर्शनरत छ ।