News Griha :: न्यूजगृह
साफ च्याम्पियनसीपको पूर्वतयारी खेलमा नेपाल फिलिपिन्ससँग पराजित 

काठमाडौं— साफ च्याम्पियनसीपको पूर्वतयारी खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

बिहीबार फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशामलामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली फिलिपिन्ससँग पाहुना टोली नेपाल १–० ले पराजित भएको छ ।

४९ औं मिनेटमा फिलिपिन्सले नेपालको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै अग्रता लिएको थियो । जाभिएर गायोसोले गरेको सोही एक गोल निर्णायक बनेको थियो ।

संघर्षपूर्ण पहिलो हाफ बराबरीमा रोकिएपछि दोस्रो हाफको सुरुआतमा नै गोल खाएपनि नेपालले निकै कडा टक्कर दिँदै खेलमा फर्किने प्रयास गरेको थियो । तर नेपालले घरेलु टोलीविरुद्ध गोल गर्ने धेरै अवसर चुकाएको थियो ।

नेपाली टोली शुक्रबार साफ च्याम्पियनसीपका लागि भारत बैंगलोर प्रस्थान गर्ने कार्यक्रम छ । बैंगलोरमा असार ६ देखि १९ गते सम्म हुने साफ च्याम्पियनसीपमा नेपाल आयोजक भारत र आमन्त्रित कुवेतसहित पाकिस्तान रहेको समूह ‘ए’ मा छ ।

नेपालले उद्घाटन दिनको खेलमा नै असार ६ गते आमन्त्रित शक्तिशाली टोली कुवेतसँग खेल्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १९:२१
Weather Update