News Griha :: न्यूजगृह
‘जानकी भारतीय छोरी हुन’ भन्ने संवादले आदिपुरुषको प्रदर्शनीमा रोक 

काठमाडौं— नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शनीमा रोक लगाएको छ । उक्त फिल्ममा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने संवादमा आपत्ति जनाउँदै फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन बोर्डले अस्वीकार गरेको छ ।

बोर्डले उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अपरान्ह फिल्मको सेन्सर कार्य सम्पन्न भएको थियो ।

सेन्सरपछिको निर्णयपत्रमा भनिएको छ,‘चलचित्रमा जानकीलाई भारतीय छोरीको रुपमा प्रस्तुत भएको संवादमा भारतीय शब्दलाई अनिवार्य रुपमा आवाजरहित (बीप) गर्न लगाई सो पश्चात् मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने निर्णय गरियो ।’

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १९:११
Weather Update