News Griha :: न्यूजगृह
नेपाल र फिलिपिन्सको मैत्रीपूर्ण खेल ४:४५ देखि सुरु हुँदै
फाइल तस्बिर ।

काठमाडौं— साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपको तयारीका लागि नेपालले बिहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ । खेल फिलिपिन्सको रिजल मेमोरियल स्टडियममा नेपाली समय अनुसार अपराह्न ४:४५ देखि सुरु हुँदै छ । 

भारतको बंैगलरुमा हुने १४औँ संस्करणको साफ च्याम्पियनसिपको मैत्रीपूर्ण खेलको तयारी लागि नेपाली राष्ट्रिय फुटबल टोली सोमबार बेलुकी फिलिपिन्स प्रस्थान गरेको थियो । 

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म हुनेछ । साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा साबिक विजेता भारत, कुवेत र पाकिस्तान छ । 

खेलमा नेपालसहित भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभागी जनाउँदै छन् ।

playing-11-teamnepal1686825682.jpg

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १६:२०
Weather Update