क्रिकेट
विश्वकप छनोटमा बिहीबार नेपाल र ओमन भिड्दै

काठमाडौं— नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा बिहीबार ओमनसँग खेल्दै छ ।
नेपाल र ओमनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बाबेको हरारे क्रिकेट मैदानमा हुनेछ ।
पहिलो वार्मअप खेलमा नेपाल यूएईसँग ३ विकेटले पराजित भएको थियो भने ओमान घरेलु टोली जिम्बाबेसँग २८ रनले पराजित भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० ०९:३९