महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपः नेपाल र भारत भिड्दै

काठमाडौं— हङकङमा जारी एसीसी महिला टी–ट्वान्टीइमर्जिङटिम्स एशिया कपमा नेपालले बिहीबार भारत ‘ए’सँग खेल्दैछ ।
आफ्नो दोस्रो खेलमा नेपालले भारत ए सँग खेल्न लागेको हो । हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान सवा ११ बजेटबाट शुरु हुनेछ । नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’सँग झिनो अन्तरको हार व्यहोरेको थियो ।
भारतले भने घरेलु टोली हङकङलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० ०९:३५