News Griha :: न्यूजगृह
‘नीरफूल’को विशेष प्रदर्शनी

काठमाडौं— गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले सोमबार साँझ विशेष प्रदर्शनी गरेको छ । प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी थिए ।

चलचित्र हेरेपछि नेकपा एमाले नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताए ।त्यस्तै, अभिनेत्री करिष्मा मानन्धरले पनि चलचित्रको प्रस्तुतिकरण र मौलिकताको प्रशंसा गरिन् ।

Neerful Press Show1686620247.jpg

अभिनेत्री मानन्धरले चलचित्रमा देखाइएको कला र संस्कृतिको समेत सह्राना पनि गरिन् । स्थानीय तहदेखि राष्ट्रियस्तरको समस्यालाई चलचित्रमा उजागर गरिएको गायिका सुनिता दुलालले बताइन्  । 

 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०७:२०
Weather Update