जोकोभिचलाई कीर्तिमानी २३औँ ग्राण्डस्लाम उपाधि

काठमाडौं— सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी २३औँ ग्राण्डस्लाम उपाधि जितेका छन् ।
आइतबार भएको फाइनलमा जोकोभिचले फ्रेन्च ओपनको उपाधि भिडन्तमा नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा हराएर तेस्रोपटक उपाधि जित्दै कीर्तिमान बनाएका हुन् ।
रोलाग्यारोमा जोकोभिचले रुडलाई ७–६, ७–१, ६–३ , ७–५ ले हराए ।
जोकोभिचले सर्वाधि २२ उपाधि जित्ने स्पेनिस राफेल नाडललाई पछि पार्दै कीर्तिमान बनाएका हुन् ।
जोकोभिच चारवटै ग्राण्डस्लाम कम्तीमा तीनपटक जित्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
३६ वर्षीय जोकोभिचले यसवर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको उपाधि समेत जितिसकेका छन् ।
योसँगै उनले अष्ट्रेलियन ओपन १० पटक, विम्बलडन ओपन ७ पटक तथा फ्रेन्च ओपन र यूएस ओपन समान तीन पटक जितेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० ११:११