उरुग्वेले जित्यो यू–२० विश्वकप उपाधि

काठमाडौं— उरुग्वेले पहिलोपटक फिफा यू–२० विश्वकप उपाधि जितेको छ । अर्जेन्टिनामा सोमबार बिहान भएको फाइनलमा इटलीलाई १–० ले पराजित गर्दै उरुग्वेले यू–२० विश्वकप जितेको हो ।
उरुग्वेका लुसियानो रोड्रिगेजले ८६औं मिनेटमा गरेको गोल नै उरुग्वेलाई उपाधि जिताउन निर्णायक बन्यो ।
यसअघि १९९७ र २०१३ मा उपविजेता बनेको उरुग्वे तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो । अर्जेन्टिनाले सर्वाधिक ६ र ब्राजिलले ५ पटक यू–२० विश्वकप जितेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १०:०४