कला संस्कृतिको रक्षा गर्न सके भावी पुस्ताले उचित शिक्षा लिन सक्छन् : ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कला संस्कृतिको रक्षा र सम्मान गर्न सके भावी पुस्ताले उचित शिक्षा लिन सक्ने बताएका छन् ।
आइतबार काठमाडौंको बबरमहलस्थीत आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनीको अवलोकन गर्दै अग्रज पुस्ताले निरन्तरता दिएकै कारण अहिलेको पुस्ताले कला संस्कृतिको बारेमा जानकारी पाउन सकेको बताए ।
उनले भावी पुस्तालाई पनि उचित शिक्षा दिन चित्रकला प्रदर्शनीलाई निरन्तरता दिनुपर्ने बताए । अध्यक्ष ओलीले जीवन्त गतिशील मावन समाजका लागि चित्रकला प्रदर्शनीले इतिहास बुझ्न प्रोत्साहन गर्ने बताए ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० १८:३९