News Griha :: न्यूजगृह
मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई, पाइन् चार लाख पुरस्कार

काठमाडौं— मिस मगर इन्टरनेशनल–२०२३ प्रतिमा आलेमगरले घोषित भएकी छिन् । शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद चार लाख पुरस्कारसमेत प्राप्त गरिन् ।

पहिलोपटक सुरु भएको कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट तपाईंले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा सटिक उत्तर दिएसँगै मगर विजेता घोषित भइन् ।

विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताइन् । ‘पहिलो सिजनमै विजेता बनें, दायित्व पनि महसुस भएको छ । संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ’, उनले भनिन् ।

यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो बने । उनीहरूले क्रमशः दुई लाख र एक लाखसमेत प्राप्त गरे ।

कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र सिरिजमगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०९:१६
Weather Update