News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
विराटनगर सिटी विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर—सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ ।

शहिद रंगशालामा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयसम्म दुवै टोलीले गोलरहित खेल खेलेका थिए । अतिरिक्त समयमा विराटनगरका आशिष श्रेष्ठले निणार्यक गोल गरेका थिए ।

Prabhu Bank

दिवाकर चौधरीले दिएको पासको सदुपयोग गर्दै उनले गोल गरेका थिए । श्रेष्ठ सागर थापाको ठाउँमा मैदानमा प्रवेश गरेका थिए ।

पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबावमा राखेको थियो । प्रहरीले केही उत्कृष्ट अवसर पाए पनि गोल गर्न भने सकेको थिएन ।

पुलिस क्लबले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो । खेलको म्यान अफ द म्याच विराटनगरका उत्सव राई घोषित भए । उनले रु २५ हजार पुरस्कार हात पारे  ।

यही चैत्र १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोली सहभागी छन् ।

विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले जानकारी दिए ।

तत्कालीन राजा महेन्द्र शाहको नामबाट २०१८ सालमा महेन्द्र गोल्डकप सुरु भएको हो । वि.सं. २०५७ देखि सो प्रतियोगिता विराट गोल्डकपका रूपमा सञ्चालन हुँदै आएको छ ।

आज नेपाल आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच खेल हुने विराट गोल्डकपका सह–संयोजक सुवाशिष कोइरालाले जानकारी दिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०६:४४
sagarmatha cementsagarmatha cement
Weather Update