News Griha :: न्यूजगृह
च्याम्पियन्स लिगको उपाधि सिटीलाई

काठमाडौं— म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि जितेको छ ।

टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १–० ले हराउँदै सिटीले पहिलोपटक उक्त उपाधि जितेको हो । उसले सन् १९९९ मा यो सफलता पाएको थियो ।

सिटीलाई च्याम्पियन बनाउन दोस्रो हाफमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो । उनले ६८औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

बर्नाडो सिल्भाको कटब्याक माटियो डर्मिएनलाई डिफ्लेक्ट हुँदा अनमार्क रहेका रोड्रीले गरेको प्रहार गोल भएको थियो ।

एक गोलले पछि परेपछि इन्टरले पाँच अवसर सिर्जना गरे पनि उपाधि जित्न सकेन ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०६:४५
Weather Update