News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
युरोकप–२०२४ को छनोटमा पोर्चुगलको सानदार जित

काठमाडौं— युरोकप–२०२४ को छनोटमा पोर्चुगलले सानदार जित निकालेको छ । घरेलु मैदानमा पोर्चुगलले लिचेस्टाइनमाथि ४–० को सानदार जित निकालेको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले दुई तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान एक गोल गरे ।

स्टेडियो जोश अल्भालेड लिस्वोआ पोर्चुगलमा बिहीबार राति भएको खेलको आठौं मिनेटमा क्यान्सेलोको गोलबाट पोर्चुगलले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो ।

Prabhu Bank

४७औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सहज जिततर्फ अघि बढाए ।

त्यसपछि ६३औं मिनेटमा रोनाल्डोले फ्रिकिक मार्फत् व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पोर्चुगललाई सानदार जित दिलाए । यस जितसँगै समूह ‘जे’ मा पोर्चुगलले ३ अंक जोडेको छ । पराजित लिचेस्टाइनले अंक जोड्न सकेको छैन ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०६:३३
sagarmatha cementsagarmatha cement
Weather Update