News Griha :: न्यूजगृह
नवलपुरलाई गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि 

त्रिवेणी— गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनका अनुसार विजेता नवलपुरले ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता स्याङ्जाले ३० हजार प्राप्त गरेको छ । प्रतियोगिताका सबै खेल कावासोतीको सरस्वती माविको खेलमैदानमा खेलाइएका थिए ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रायोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगितामा नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ र गोरखाको सहभागिता थियो ।

महिला फुटलब खेलाडी उत्पादन गर्ने उद्देश्यका प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको सहयोगमा प्रतियोगिता आयोजना  गरिएको अध्यक्ष पुनले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०६:५९
Weather Update