News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोली घोषणा
फाइल तस्बिर ।

काठमाडौं— भारतको बैंगलुरुमा हुने १४ औँ संस्करणको साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपका लागि नेपालको २३ सदस्यीय टोली घोषणा भएको छ । 

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसेले बिहीबार पुरुष टोलीको नामावली सार्वजनिक गरेका हुन् । साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा साबिक विजेता भारत, कुवेत र पाकिस्तान छ । 

खेल असार ६ देखि १८ गतेसम्म हुनेछ । खेलमा नेपालसहित भारत, बंगलादेश, कवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाउँदै छन् ।

Prabhu Bank

नेपाली टोली : 

गोलकिपर : किरण चम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ 

डिफेन्डर : सिमान्त थापा, विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का र रोहित चन्द 

मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बू र आभास लामिछाने 

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्ती मगर । 

saff1686225764.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १७:४५
sagarmatha cementsagarmatha cement
Weather Update