महिला फुटबल : नेपालले चीनको सामना गर्ने
काठमाडौं— एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले बिहीबार चीनसँग प्रतिष्पर्धा गर्दैछ ।
म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले बलियो टोली चीनको सामना गर्न लागेको हो । नेपाल र चीनबीचको खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । नेपाल चीनलाई हराएर पहिलो जित हासिल गर्न चाहन्छ ।
पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५–० ले पराजित भएको थियो । चीनले भने चाईनिज ताइपेलाई १–० ले हराएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० ११:२७