News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
क्यानले बढायो क्रिकेट प्रशिक्षक देशाईको पारिश्रमिक

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईको पारिश्रमिक वृद्धि गरेको छ ।

क्यानले दुई हजार डलरले वृद्धि गर्दै देशाईको पारिश्रमिक १२ हजार अमेरिकी डलर पुर्‍याएको हो ।

Prabhu Bank

नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पुर्‍याएमा तलब वृद्धि गर्ने यसअघिको सम्झौताअनुसार उनको पारिश्रमिक वृद्धि गरिएको क्यानले जनाएको छ ।

उनको प्रशिक्षणमा हालै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउँदै आईसीसी क्रिकेट विश्वकप लिग टूको शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १७:२७
sagarmatha cementsagarmatha cement
Weather Update