News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मेस्सी अमेरिकाको इन्टर मियामी क्लबमा आबद्ध हुने

काठमाडौ—  अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेस्सी अमेरिकाको इन्टर मियामी क्लबमा आबद्ध हुने भएका छन् ।

बीबीसीका अनुसार अघिल्लो सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेलेका मेस्सी इन्टर मियामीमा आबद्ध हुन लागेका हुन् ।

Prabhu Bank

यसै सिजन पीएसजीबाट बिदा भएका उनलाई साउदी अरबको अल हिलाल क्लबले पनि प्रस्ताव गरेको बताइएको छ ।

३५ वर्षे मेस्सीले आफ्नो करिअरमा ७ पटक बालोन डिओर जितिसकेका छन् । बीबीसीको भनाइमा उनले यस सिजन पनि युरोपमै बिताउन चाहेका थिए ।

तर युरोपेली क्लबबाट अपेक्षाकृत प्रस्ताव नआएपछि उनी अमेरिका जान लागेका हुन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०६:१२
sagarmatha cementsagarmatha cement
Weather Update