News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
ए डिभिजन लिगमा मछिन्द्र र एनआरटी क्लब विजयी

काठमाडौं— राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबमाथि सहज जित निकालेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले हिमालयन शेर्पालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । पुजन उपरकोटीको क्रसमा विमल घर्ती मगरले हेडरमार्फत उत्कृष्ट गोल गरे । खेलको ६८ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता २–० को बनाए ।

Prabhu Bank

खेलको ७७ औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए । खेलको ९० औं मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत गोल गरेपनि मछिन्द्र ३–१ ले विजयी भयो । जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ ।

त्यस्तै बुधबार नै भएको खर्को खेलमा न्युरोड टिम एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । एनआरटीको जितमा दिपेश आले मगरले खेलको १७ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ । मनाङको २५ खेलमा ३२ अंक रहेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १९:३२
sagarmatha cementsagarmatha cement
Weather Update