News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— मोडल तथा निर्देशक रोहन नेपालीको नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ । ‘मायाले बोलेको’ बोलको गीतको भिडिओ बुधबार युट्युबमार्फत सार्वजनिक भएको हो । 

सार्वजनिक भिडिओलाई रोहन आफैँले निर्देशन गरेका हुन् । भिडिओमा उनले मोडल बिना राउतसँग स्क्रिन शेयर गरेका छन् । दीपक लिम्बु र अस्मिता अधिकारीको युगल गायन रहेको गीत शिशिर जय खरेलको शब्द र संगीत रहेको छ । 

Prabhu Bank

‘प्रेमी र प्रेमिकाबीचको रोमान्टिक क्षणहरूलाई भिडिओमा समेटेका छौँ । पोखरा आसपास छायाङ््कन भएको भिडिओ दर्शकहरूले रुचाउनुहुनेछ भन्ने विश्वास छ,’ न्यूजगृहसँग निर्देशक तथा मोडल नेपालीले भने । 

रोजन ढकालले निर्माण गरेको भिओिलाई दिपेश केसीले खिचेका हुन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १५:३४
sagarmatha cementsagarmatha cement
Weather Update