News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चर्चित फुटबलर बेन्जेमा अल इतिहादमा अनुबन्धित

काठमाडौं— फ्रान्सका चर्चित फुटबलर  करिम बेन्जेमा साउदी च्याम्पियन अल इतिहादमा अनुबन्धित भएका छन् । फरवार्ड बेन्जेमाले इतिहादसँग ३ वर्षको सम्झौता गरेका हुन् ।

साउदी क्लबमा अनुबन्धितपछि बेन्जेमाले युरोपमा जस्तै खेलहरू जित्नका लागि आफू अल इतिहादमा आएको बताएका छन् ।

Prabhu Bank

उनी भन्छन्,‘यो लिगमा पनि राम्रो खेलाडीहरू छन्, क्रिस्टियानो रोनाल्डो पहिले नै त्यहाँ छन् । म युरोपमा जस्तै जित्नको लागि यहाँ आएको हुँ ।’

उनी मड्रिडबाट मंगलबार बिदा भएका थिए । करिब डेढ दशकमा उनले मड्रिडमा ५ च्याम्पियन्स लिग र चार ला लिगासहित २५ ट्रफी जितेका थिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०९:१४
sagarmatha cementsagarmatha cement
Weather Update