News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एसियन कप छनोट : नेपाल र म्यान्मार भिड्ने
फाइल तस्बिर ।

काठमाडौं— एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मार पुगेका नेपाली टोलीले मंगलबार साँझ घरेलु टोली म्यान्मारसँग प्रतिस्पर्धा गर्दैछ । 

नेपाल र म्यान्मारबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा चीन, म्यान्मार र चाइनिज ताइपेइ छन् ।

Prabhu Bank

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

नेपाली टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको जनाउँदै हरेक खेल जित्नकै लागि खेल्ने बताए । उनm
 भने, ‘फिफा वरीयतामा हामीभन्दा माथि भएका टिम छन् तर, हामी उच्च मनोबलका साथ मैदान उत्रने छौँ ।’

नेपाली टोलीको गोलरक्षकमा कविता विक, लीला जोशी र सावित्री किसान छन् भने डिफेन्डरमा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ छ्न् । 

यसैगरी मिडफिल्डरमा सरस्वती हमाल, मनमाया दमाईं, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी छन् । फरवार्डमा गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान छन् ।

यसैगरी नेपालले २५ जेठमा चीनसँग खेल्नेछ भने यही २७ जेठमा चाइनिज ताइपेइसँग खेल्नेछ । रासस

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ११:११
sagarmatha cementsagarmatha cement
Weather Update