News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मोफसलको सर्वाधिक राशि पुरस्कारको जीतपुर सिमरा गोल्डकप आजदेखि

सिमरा— मोफसल कै सर्वाधिक १० लाख राशि पुरस्कारको जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

खेलमा ए डिभिजनका पाँच वटा क्लवसहित मोफसलका १० चर्चित टिमहरुको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

Prabhu Bank

उनको भनाइमा उद्घाटन खेलमा आयोजक नव जनजागृति र बीएफसी चितवन भिड्ने छन् । चैत्र ९– १८ सम्म चल्ने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।

विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही २० हजार दिने जनाएको आयोजकले प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार छुट्याएको छ ।

प्रतियोगितामा साबिक विजेता एनआरटीसहित ए डिभिजनका एपीएफ, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब प्रतिस्पर्धामा उत्रदै छन् भने मोफसलका बीएफसी चितवन, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर ११ हेटौंडा, बाग्मती युवा क्लब सर्लाही र आयोजक नव जनजागृति युवा क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०७:२१
sagarmatha cementsagarmatha cement
Weather Update