News Griha :: न्यूजगृह
चर्च ब्वाइजको लगातार तेस्रो जित

काठमाडौं-  चर्च ब्वाइज युनाईटेडले शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ । लिग अन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई १-० ले हरायो ।

चर्च ब्वाइजका लागि आशिष चौधरीले गोल गरे । आशिषले खेलको २० औं मिनेटमा गरेको गोल नै चर्च ब्वाइजलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

आशिषले पुलिस विरुद्ध पहिलो खेलमा पनि एक गोल गरेका थिए । लगातार तेस्रो जितपछि ९ अंक जोडेर चर्च ब्वाइज शीर्ष स्थानमा छ ।

हिमालयन शेर्पाको यो पहिलो हार हो । पहिलो खेलमा मनाङसँग बराबरी खेलेको हिमालयनले दोस्रो खेलमा नेपाल पुलिसलाई पराजित गरेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २१:०७
Weather Update