News Griha :: न्यूजगृह
तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरमा चक्काजाम, प्रजिअविरुद्ध नाराबाजी 

जनकपुरधाम— तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरधाममा युवाले विरोध प्रर्दशन गरेका छन् ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै नागरिकता बनाउन पुगेका युवालाई तत्कालका लागि नबन्ने जानकारी जिल्ला प्रशासन कार्यालयले गराएपछि युवा आक्रोशित भएका हुन् ।

आइतबार विहानैदेखि नागरिकता बनाउन पुगेका युवालाई बेलुकीसम्म कुराएर नागरिकता नबन्ने भनिएको भन्दै उनीहरूले चक्काजाम गदै विरोध जनाएका छन् ।

यो समाचार तयार गर्दासम्म अहिले जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो अवरुद्ध छ ।

आक्रोशित युवाले टायसमेत बालेर प्रमुख जिल्ला अधिकारीविरुद्ध  नारा लगाएका छन् । प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १९:१२
Weather Update