पीएसजीले उचाल्यो लिग वानको उपाधि

काठमाडौं— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानको उपाधि उचालेको छ । शनिबार राति पार्क डेस प्रिन्सेस खेल मैदानमा भएको खेलमा पीएसजी सो उपाधि उचालेको हो । तर पीएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ ले पराजित भएको छ ।
खेलको १६औं मिनेटमा सर्जियो रामोस रामोसले गोल गर्दै पीएसजीलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए । त्यसको केही मिनेटमा नै २१औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारिदिए ।
२४औं मिनेटमा क्लेरमन्टफर्टका जोहान गास्टिनले गोल फर्काए पछि खेल २–१ को स्थितिमा रहन पुग्यो । पराजित अवस्थामा पनि पीएसजीले लिग वानको उपाधि उचाल्न सफल भयो ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० ०६:३५