म्यानचेस्टर सिटीलाई एफए कपको उपाधि

काठमाडौं— म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा म्यानचेस्टर युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।
सिटीको जितमा इल्के गुन्डोगानले दुई गोल गरेका थिए । युनाईटेडका ब्रुनो फर्नान्डेजले एक गोल फर्काएका थिए । गुन्डोगनले पहिलो मिनेटमै पहिलो गोल गरेपछि ५१ औं मिनेटमा दोस्रो गोल थपे ।
खेलको ३३ औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
सिटीले सातौं पटक एफए कपको उपाधि जितेको हो भने यो सिजनको दोस्रो उपाधि हो ।
अब सिटीले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० ०६:०६